सरुवा गरेको ठाउँमा नजाने प्रशासकीय अधिकृत निलम्बित

रासस

रासस

Jun 09, 2019 | 03:13:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरुवा गरेको ठाउँमा नगएका रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । उनी विभागबाट निलम्बनमा परेको हुन् । 

कार्कीलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको थियो । सरूवापछि लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर  भएपछि उनलाई निलम्बन गरेको हो ।

विभागको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्यादसमेत गुजारेकाले निजामती सेवा ऐन, २०४९ को दफा ६४ ९१० बमोजिम अभियोगको जाँच गर्ने प्रयोजनका लागि दफा ६४ ९३० बमोजिम दुई महिनाका लागि निलम्बन गरिएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जनकारी गराएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved