खोला तर्दा पल्टियो मन्त्री महासेठको गाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 06:14:07 PM मा प्रकाशित

laxmi  sunrise bank

तस्विर: अर्जुन काफ्ले 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा पल्टिएको छ । मन्त्री महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३ स्थित घट्टे दरौ खोलामा पल्टिएको हो ।

सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा पल्टिएको हो । दरौ खोलामा पुल नभएको र खोला तर्ने क्रममा उनी सवार गाडी खोलामा पल्टिएको हो । गाडी आधा मात्र खोलामा पल्टिएको हो । घटनामा मन्त्री महासेठ भने सकुशल छन् । गाडी पल्टिएपछि उनलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए । डुबेको गाडी पनि क्रेनले निकालेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved