उपहारमा ल्यापटप पाएका पत्रकारबाट आफ्नो बचाउ, आलोचना गर्नेलाई सोधे यस्तो प्रश्न ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 10:10:27 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय सरकारबाट उपहारमा ल्यापटप पाएका पत्रकारहरुले आफ्नो बचाउ गर्दै पेस बिज्ञप्ती जारि गरेका छन। उपहारमा ल्यापटप लिएको समाचार बाहिरीएपछि चर्को आलोचना खेपेका पत्रकारहरुले आज एक संयुक्त बिज्ञप्ती जारि गर्दै आफ्नो बचाउ गरेका हुन। 

पुर्व प्रेस चौतारी र प्रेस सन्टर र प्रेस युनियन उदयपुरले प्रेस काउन्सिलले बाड्ने प्रविधिगत सुविधा अन्तर्गत आफुहरुले उक्त ल्यापटप उपहारमा लिएको दाबि गरेका छन। 'लोककल्याणकारी बिज्ञापन लिंदा ल्यापडग नहुने तर नगरपालिकाले बितरण गरेको ल्यापटप लिंदा ल्यापडग भइने हो ?'  बिज्ञप्ती मार्फत उनीहरुले आलोचकलाई प्रश्न गरेका छन। 

आफुहरुले ल्यापटप लिनु गलत हो भने अन्य मिडियाकर्मीले राज्यबाट लिने सेवा सुविधा समेत गलत भएको भन्दै नगरपालिकाबाट उपहारमा ल्यापटप लिने कार्यलाई उनीहरुले जायज बताएका छन। नगरपालिकाले उपहारमा ल्यापटप दिएको समाचारपनि नियतबस बाहिर आएको उनीहरुको आरोप छ। बिज्ञप्तीमा प्रेस चौतारी उदयपुरका अध्यक्ष गणेश उप्रेती, प्रेश युनियन उदयपुरका अध्यक्ष परशुराम थापा र प्रेस सेन्टर उदयपुरका अध्यक्ष तुलसीप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन।   

उदयपुरको त्रियुगा नगरपालिकाले २०५४ सालदेखिनैं विभिन्न शीर्षकमा पत्रकारिताको विकासको लागि बजेट छु्ट्याउने चलनको निरन्तरता मात्रै भएको बिज्ञप्तीमा उल्लेख छ। गत् आर्थिक बर्षमैं पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि २४ लाख रुपैया विनियोजित बजेट कार्यविधिको अभाव र व्यवहारिक कार्यान्वयनमा देखिएको कठिनाइका कारण त्यतिकै फ्रिज हुन पुगेको र, यस आर्थिक वर्षमा भवन निर्माणको लागि करिब १२ लाख र प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत ल्यापटप वितरण गर्ने गरी १२ लाख रुपैया बजेट पुनः विनियोजन गरेको बिज्ञप्तीमा उल्लेख छ।

उदयपुरको त्रियुगा नगरपालिकाले २७ जना क्रियाशिल पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ भन्दै ल्यापटप वितरण गरेको थियो। एक कार्यक्रमकाबीच मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेको सार्वजनिक गरेका थिए। 

उक्त ल्यापटपको मूल्य ४२ हजार ५ सय रुपैयाँ रहेको छ। प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो।

स्थानीय स्तरबाट पत्रकारिता गर्नेहरुको काममा नै आशंका बढिरहेको बेला मेयरले ल्यापटप उपहारमा दिएको घटनाले सामाजिक संजालमा यसको  व्यापक चर्चा छ। अधिकांशले पत्रकारले समाचार लुकाउने शर्तमा मेयरबाट ल्यापटप उपहार लिएको आरोप लगाएका छन। केहिले मेयरले आफ्ना कमि कमजोरी बाहिर नआओस भन्नलाई पत्रकारलाई उपहारमा ल्यापटप दिइएको आरोप लगाएका छन। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved