सांसदलाई ल्यापटप बाड्दै सरकार, नजान्नेलाई चलाउन पनि सिकाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 10:30:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप दिने भएको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै सरकारले ल्यापटप बाँड्न लागेको हो । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी १९ जेठमै बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो । 

सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । अर्थले रकम दिने सहमति दिएपछि बोलपत्र मार्फत ल्यापटप खरीद प्रक्रिया अगाडी बढेको हो । संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । यसका लागि करिब साढे ३ करोड रकम खर्च हुने अनुमान गरिएको छ । 

संसद सचिवालयले ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम पनि दिनेछ । संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै रहेकाले तालिमको आवश्यकता पर्ने सचिवालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved