लोकसेवाको विज्ञापन रद्द विरुद्द काठमाडौँमा आन्दोलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 11:21:48 AM मा प्रकाशित

laxmi  sunrise bank

लोकसेवा आयोगको विज्ञापन रद्द विरुद्द काठमाडौँमा आन्दोलन सुरु भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि त्यसको विरोधमा लोकसेवा तयारी तदर्थ समितिले मंगलबार काठमाडौंमा आन्दोलन सुरु गरेको हो ।

समितिले सोमबार विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र नागरिकको हित विरुद्ध दिएको निर्देशन फीर्ता लिनुपर्ने माग गरेका छन् । समितिले निर्देशन फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

लोसेवाको तयारीमा रहेका विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि समितिले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved