सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्छः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 11:31:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्ने बताएका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकिकरण हुँदा भएका सहमति अनुसार नै पार्टीले निर्णय गर्ने बताए ।

सोमवार बेलुका ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालयमा विद्यार्थी युनियनले कार्यक्रम आयोजना गरेको थियो । ‘के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताए । 

दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो । एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved