पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 04:41:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पत्रकार महासंघले ‘मिडिया काउन्सिल विधेयक’ विरुद्द तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

महासंघका महासचिव रमेश विष्टले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न चासो नदिएको भन्दै दुःख व्यक्त गरेका छन् । आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै उनले आपत्ति पनि जनाए । 

सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिने छ । 

असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि महासंघले तय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved