पक्राउ परेका युटुबर प्रनेश गौतमलाई अन्तराष्ट्रिय कलाकारको साथ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 12, 2019 | 09:32:41 AM मा प्रकाशित

laxmi  sunrise bank

युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक प्रनेश गौतम शुक्रबार पक्राउ परे । सुनसरी धरान उपमहानगरपालिका–१४ बिजयनगरका २४ वर्षीय गौतम भक्तपुरको बालकोटमा बस्दै आएका थिए ।

मिलन चाम्लिङ राईले निर्देशित नेपाली कथानक चलचित्र वीरबिक्रम २ को गलत प्रचार गरेको उनीमाथि आरोप छ । प्रहरीले गौतमले निर्देशक राईसँग उक्त फ्लिमको प्रचार गर्दिन्छु भनेको तर राइले पर्दैन भनेपछि गलत प्रचार गरिदिएको बताएको छ । निर्देशक राईले निर्देशक आफू र उक्त चलचित्रमा अभिनय गरेका कलाकारको मानप्रतिष्ठामा खलल पुर्यार्याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्यायाृएने, गाली गलौज गर्ने र चलचित्रको बदनाम गरेको भनेर जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले प्रनेशलाई पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रनेश पक्राउ परेपछि विश्वभरबाट उनको समर्थनमा आवाज उठ्न थालेको छ ।  गौतमको रिहाईको माग गर्दै विश्व चर्चित कमेडियन र युटुबरले सेभ प्रनेश अभियान नै चलाएका छन् । ट्वीटरमा अहिले प्रनेश रिहाईको माग गर्ने बढिरहेका छन् । उनको पक्राउको विरोधमा सामाजिक सञ्जालमा ‘फ्रि प्रनेश’को नारा अभिव्यक्त हुन थालेका छन् । अमेरिकन कमेडियन म्याट डेभिस, लि क्याम्पले ट्वीटर मार्फत रिहाईको माग गरेका छन् । 





नेपाली राजीनितक वृत्तमा समेत यो प्रकरणले खैलाबैला ल्याएको छ । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले प्रनेश गौतमलाई नेपाल प्रहरीले साइबर अपराधमा पक्राउ गर्नु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा भएको भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले लोकतन्त्रमा आलोचनात्मक चेत आवश्यक रहेको भन्दै उनले सिनेमाको हस्यौली समिक्षा गरेको आरोपमा समिक्षकलाई पक्राउ गर्नु गलत भएको बताएका छन् ।

साइबर कानुन विज्ञ अधिवक्ता बाबुराम अर्याल चलचित्रको समीक्षा गरेकै आधारमा पक्राउ गर्नु प्रशासनिक अधिकारको दुरुपयोग भएको बताउँछन् । फ्लिमको समिक्षा गर्दा फौजदारी र देवानी दायित्व अपनाउनुपर्ने बाध्यता नरहेको उनको निष्कर्ष छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved