भारतमा शक्तिशाली चक्रवात वायु आउदै, नेपालमा पनि असर गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 11:28:06 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको गुजरातमा बिहीबार चक्रवात ‘वायु’ आउने पूर्वानुमान गरिएको छ ।  भारतको उत्तरपूर्वी क्षेत्रमा चक्रवात वायुले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् । 

मौसमविद् गंगा नगरकोटीका अनुसार चक्रवात वायु नै भने नेपाल आइपुग्दैन । उनले भनिन्, ‘‘चक्रवात वायु नै नेपाल आइपुग्ने होईन, यसको असरले भोली अपरान्हतिर वर्षा भने हुन सक्छ ।’ आज बिहान भारतको उत्तराखण्ड हुँदै पश्चिमा वायु नेपाल प्रवेश गरेको छ । 

अबको २४ घण्टाभित्रै आउने चक्रवात वायुबाट भारतको गुजरातमा करिब ६० लाख मानिस प्रभावित हुने भारतीय अधिकारीहरुले बताएका छन् । करिब ३ लाख मानिसलाई विभिन्न ७ सयवटा सेल्टरमा सार्न लागिएको छ । प्रभावित क्षेत्रका विद्यालय र कलेजहरु शुक्रबारसम्मका लागि बन्द गरिएका छन् । 

१२० किमी प्रतिघण्टाको दरले आउने अनुमान गरिएको यो वायु विगत एक दशककै उत्तर पश्चिम भारतमा आएको सबैभन्दा ठूलो धक्का हुने जनाइएको छ । उत्तरपूर्वी भागमा एक महिनाअघि फानी आँधीले आतंक मच्चाएको थियो । बुधबार चक्रवात वायु मुम्बईको २०० किमी पश्चिममा आइपुगेको बताइएको छ । उक्त चक्रवात भोलि विहीबार गुजरातमा पुग्नेछ । ३९ जनाको नेशनल डिजास्टर रेस्पोन्स फोर्स टिमलाई सम्भावित प्रभावित क्षेत्रमा पठाइएको छ । सेनाको ३४ टोली पनि तैनाथ राखिएको जनाइएको छ ।

उक्त चक्रवात वायु सोमबार बनेको र मंगलबार शक्तिशाली भएको बताईएको छ । सो वायु अरेबिया समुन्द्रबाट आएको हो । भारतको गुजरातमा गएको २० वर्ष यता यसखालको शक्तिशाली वायु नआएको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved