प्रधानमन्त्रीले बेलायतबासी नेपालीलाई भने,‘सीप र सम्पत्ति लिएर नेपाल फर्किनुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 02:24:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लण्डनबासी नेपालीलाई नेपाल फर्कन आह्वान गरेका छन् । दूतावास आयोजित कार्यक्रमा उनले वेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरेका हुन् । ओलीले भने, ‘नेपालीहरु जहाँ पुग्छन्, त्यहीँको संस्कृति, भाषा र परम्पराको सम्मान गर्न सक्छन्, यो नेपालीको विशेषता हो ।’ उनले थपे, ‘जहाँ बसेपनि नेपाललाई माया गर्नुुस् र अन्तत नेपालै फर्किनुहोस् ।’ 

सन् १८१६ मा शुरु भएको दुई देशबीचको औपचारिक दौंत्य सम्बन्ध आफ्नो भ्रमणले अझ प्रगाढ भएको ओलीको दाबी छ । बेलायत नोपलको अप्ठ्यारो परिस्थितिको साथी भएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको पनि जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved