हज कमिटीका अध्यक्ष सहित १० जना बिरुद्द भ्रष्ट्राचार मुद्दा, ३ करोड ८० लाख बिगो माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 03:23:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जना बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ। २०७४  मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरू पठाउँदा अनियमितता गरेको आरोप सहित बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उपसमितिका ९ जना र हजयात्री पठाउने जिम्मा लिएको हिना ट्राभलका संचालक बिरुद्द मुद्दा दायर गरेको हो । आयोगले उनी हरुसंग जनही ३८ लाख गरी कुल ३  करोड ८० लाखको बिगो माग गरेको छ ।

समितिले बोलपत्र आह्वान गर्दा सबै भन्दा कम कबुल गर्ने ट्राभल कम्पनीलाई जिम्मा नदिई मिलेमतोमा बढी रकम कबुल गर्ने संग यात्री लान सझौता गरेको अख्तियारले जनाएको छ। यस क्रममा आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना नगरेको पाईएको अख्तियारले जनाएको छ । 

अख्तियारले समितिका अध्यक्ष मोहम्मद शोऐब, सदस्यहरु अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, सदस्य सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभलका संचालक दाउद हुसैन बिरुद्द मुद्दा दायर गरेको हो ।




यस्तो छ उनीहरु बिरुद्द लागेको आरोप: 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved