तीन जना सवार मोटरसाईकल दुर्घटना, दुईको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 09:49:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाहीको हरिपुर नगरपालिकामा मंगलबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइमा ना २५ प ६९२२ नंको मोटरसाइकल र ज २ प ७८८६ नंको मोटरसाइकल एकापसमा ठोक्किदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको हो । 

मृतक दुवै मोटरसाइकल चालक हुन् । दुवै मोटरसाइकलमा चालकसहित तीन–तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएका छन् । ना २५ प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् । दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज २ प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved