हवाइ आक्रमणमा एघार तालिबान मारिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 01:18:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीमा परि ११ जना तालिबान लडाकू मारिएका छन् । सेनाले अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबानी विरुद्ध गरेको कारबाहीको क्रममा मारिएको सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 

स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते भएका तर सर्वसाधारण र सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको विज्ञप्तिमा उल्लेख छ । 

हेल्मण्ड प्रान्तका केही भागमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस कारबाहीबारे कुनै पनि टिप्पणी गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved