बढ्यो गाडी भाडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 01:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै खाले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायाता व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दहालले भाडा वृद्धि गरिएको जानकारी दिए ।

सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत भाडा बढाइएको छ । 

विभागले सवारी साधनमा प्रयोग हुने मेकानिकल पार्टस्को मूल्य बढेको, सवारी साधनकै मूल्य बढिरहेको, मजदुरको ज्यालादर सरकारले तोकेअनुसार बढाउनु पर्ने, इन्धनमा भएको मूल्य वृद्धि लगायतका आधारका भाडादर कायम गरिएको बताएको छ । भाडादर समायोजनका विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो ।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता र सुरक्षा निकायलगायतसँग छलफल गरी विभागले भाडादर समायोजन गरेको हो । नयाँ भाडादर असार १ गतेबाट लागू हुने विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved