काठमाडौँमा चार वटा वियर खाँदा साढे २ लाख बिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 02:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जना सञ्चालक पक्राउ परेका छन् । डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले २७ गते राति डान्सबारमा पुगेका तीन जना बंगलादेशी नागरिकलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

करीब एक घण्टा डान्सबारमा बस्दा उनीहरुले जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो । यति धेरै बिल कसरी आयो भनेर सोध्दा सञ्चालकले मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गरी पठाइएको भन्दै बंगलादेशी नागरिकले प्रहरीमा उजुरी दिएका थिए । 

उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved