लोकसेवाको विज्ञापन रद्द गर्न काङ्ग्रेसको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 02:28:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गर्न माग गरेको छ । स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि आयोगले प्रकाशित गरेको विज्ञापन रद्द गर्न काङ्ग्रेसले माग गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन रद्द गर्नुपर्ने काङ्ग्रेसको अडान रहेको बताउ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले लोकसेवाको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको बताए ।

उनले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको प्रष्ट पारे । संविधानलाई केन्द्रमा राखेर लोकसेवा आयोगले फेरि विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफूहरु रहेको उनको भनाई छ । प्रवक्ता शर्माले त्यस विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोकसेवा आयोगले त्यो विज्ञापन फेरि खुलाउन ढिलाइ गर्न नहुने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved