ट्याक्सी भाडा पनि बढ्यो, अब चढ्ने वित्तीकै ५० रुपैयाँ तिर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 03:57:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ट्याक्सी भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा बढाएको हो । ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागू हुने भएको छ । यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो ।

अब ट्याक्सीमा यात्र गर्ने यात्रुले पहिलो एक किलो मिटरसम्म यात्रा गर्दा ५० रुपैयाँ तिर्नुपर्नेछ । ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ । यो ५० रुपैयाँले एक किलो मिटरसम्म यात्रा गर्न पाईनेछ । 

यसपछि भने प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ । यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुँदै जान्थ्यो । अब प्रति दुई सय मिटरमा एक रुपैयाँ ८० पैसा बढी तिर्नुपर्ने भएको छ । 

अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ४४ रुपैयाँ तिर्नु पर्ने भएको छ । यस अघि ट्याक्सीको प्रतिकिलोमिटर भाडा ३९ रुपैयाँ थियो ।

सरकारले पुरानो भाडामा हिड्न भनेको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा थिए । उनीहरुले इन्धनको मूल्य र महङ्गी बढ्दा समेत सरकारले ट्याक्सी भाडा समायोजन नगरेको भन्दै आपत्ति जनाएका थिए ।

यसअघिः 

डाक्टर,शिक्षक र विद्यार्थी भन्दा ट्याक्सी ड्राइभर सभ्य !

ट्याक्सी चालकका पीडा : कमाई जति नम्बर प्लेटमै, मिटरमा हिडे खानै पुग्दैन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved