काठमाण्डौबाट छुटेको यात्रुबाहक बस दुर्घटना, १८ गम्भीर घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 08:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौबाट रामेछाप गुराँसेको लागि जाँदै गरेको यात्रुबाहक बस दोरम्बा गाउँपालिकाको वडा न ६ स्थित लखनपुर बरको बोट घुम्तीमा दुर्घटना भएको छ। करिब २२ यात्रु सवार अरनिको यातायातको सुपर बस दुर्घटना हुँदा १८ जना गम्भीर घाइते भएको बताइएको छ। 

मुख्य सडकबाट करिब चार सय मिटर जति तल बस खसेर खोल्सामा पर्दा १८ जना गम्भीर घाइते भएको दोरम्बा गाउँपालिका वडा ६ का अध्यक्ष अम्बिका प्रसाद गजुरेलले बिजपाटीलाई बताएका छन। 

उनकाअनुसार घाइते मध्ये पनि ६ जनाको अवस्था चिन्ताजनक रहेको छ। घाइतेहरुलाई एउटा एम्बुलेन्स र बसमा राखेर धुलिखेल अस्पताल लगिएको छ। घाइतेहरुको उपचारको लागि हेलिकप्टरको माग गरीएपनि रातिको समयमा उपलब्ध हुन नसकेपछि एउटा बसमा हालेर घाइतेहरुलाई धुलिखेल अस्पताल लगिएको छ।  घटना स्थलबाट अस्पताल पुग्न ५ घण्टा लाग्छ।

बा २ ख ७२४२ को गाडी चार सय मिटर तल खसेर खोल्सामा परेकाले धेरै यात्रुहरु गम्भीर घाइते भएका छन। घाइते हुनेमा दांत शिबिरमा आएका डाक्टरहरु समेत परेको वडाअध्यक्ष गजुरेलले पुष्टि गरेका छन। घटनास्थलमा प्रहरीको टोलि पुगेर घाइतेहरुको सामानको सुरक्षा र घाइतेहरुलाई अस्पताल लैजान सहयोग गरेको बताइएको छ।   


  





 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved