पप्पुलाई कारबाही सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 09:45:08 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदको विकास तथा प्रविधिले पप्पु कन्स्ट्रक्सनलाई कारवाही सिफारिस गरेको छ । काठमाडौँको तीनकुने र मीनभवन जोड्न वाग्मती नदीमाथि निर्माण भइरहेको पक्की पुल गुणस्तरहीन भएको भन्दै समितिले दिएको पालना नगर्ने पप्पुलाई समितिले कारबाही सिफारिस गरेको हो । 

समितिले तीनकुने पुलमा देखिएको प्राबिधिक समस्या समाधान गरी निर्माण सुरु गर्ने वाताबरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको  छ । 

२१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुल निर्माणको ठेक्का पाएको पप्पुले कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै सडक विभागले काम रोक्न भनेको थियो । तर विभागको  पत्रलाई वेवास्ता गरी पप्पुले निर्माण कार्य नरोकेपछि उसको भुक्तानी रोकिएको छ । 

पुल निर्माणमा लापरवाही भएको भन्दै सांसदहरुले प्रश्न उठाएपपछि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले गत जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved