पूर्वमन्त्री पौडेलको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 10:44:36 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभाले पुर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।   

पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । 

बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved