प्रदेश नम्बर १ मा डेंगुको प्रकोप बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 11:55:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर १ का दुई जिल्ला सुनसरी र मोरङमा डेंगु रोगको प्रकोप बढेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग एक महिना अघि देखापरेको हो । वैशाख ३१ गते पहिलो पटक धरान उपमहानगरपालिका १५ मा डेंगुको विरामी फेला परेको थियो ।

अहिले सुनसरीको इटहरी, बराहक्षेत्र, मोरङको सुन्दरहरैंचा, पथरी शनिश्चरे र विराटनगरसम्म पनि यो रोगका विरामी फेला परेका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सुनसरी र मोरङमा गरी ५ सय बढीमा यो रोगको संक्रमण देखिएको छ ।

विराटनगरमा वुधबार दुई जना डेंगुका बिरामी फेला परेका छन । विराटनगर महानगरपालिकाको वडा नं २ र ३ का ती विरामीको विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मोरङ जिल्लामा अहिलेसम्म १० जनामा डेंगुको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार संक्रमितमध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

डेंगुका बिरामी धेरै भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा। विकास शाहले धरानमा ४ सय ७४ जनामा डेङ्गुको संक्रमण भेटिएको बताए । 

प्रदेश १ का प्रमुख शहरमा डेंगु फैलिएपछि प्रदेश सरकारले नियन्त्रणको प्रभावकारी पहल गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव हरिप्रसाद दाहालले डेंगु नियन्त्रण, विरामीको उपचारका र आवश्यक उपकरण खरिदका लागि प्रदेश १ सरकारसँग १ करोड रुपैयाँ माग गरिएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved