लिची खाँदा ४७ बालबालिकाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 01:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा लिची खाँदा तीन हप्तामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । 

बिहारका स्वास्थ्य अधिकारीहरुका अनुसार ४७ बालबालिकामा तीब्र इस्सेफ्लाईटिस सिन्ड्रोम देखिएका कारण मस्तिष्क सुन्निएर उनीहरुको मृत्यु भएको हो । मुजफ्फरपुरका दुई अस्पतालमा जनवरीदेखि यतामात्रै यस प्रकृतिका एक सय ७९ विरामी भर्ना भएको तर केही साता यत्रामात्रै उनीहरुको मृत्यु भएको जनाइएको छ ।

राज्यको स्वास्थ्य विभागले हाइपोग्लाईसेमियाका कारण बालकहरुको मृत्यु भएको र यसो हुनुमा लिचीको पनि भूमिका रहेको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved