मानव बेचबिखन गर्ने दुई जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 10:46:48 AM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन गर्ने दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले रोजगारीको प्रलोभन देखाएर विदेशमा लगेर बेच्ने खोटाङका ३६ वर्षीय राहुल थापा र संखुवासभाका ४४ वर्षीय लोकमान राईलाई पक्राउ गरेको हो । राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएका थिए ।

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पुर्याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकालाई पक्राउ गरिएको जानकारी दिए ।

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र आप्रवासी सङ्गठनको पहलमा नेपाल ल्याईएको छ ।पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved