नेकपा साँसदले गरे गुठी बिधेयकको बिरोध, मागे मन्त्री बास्कोटाको राजिनामा

रासस

रासस

Jun 15, 2019 | 07:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेताहरुले हालै सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता गर्नुपर्ने माग गरेका  छन।

काठमाडौँमा नेवार समुदायले सञ्चालन गर्दै आएको गुठीको विधेयकको विरोधका आन्दोलन समयमै सम्बोधन नभए यसले भयावह रुप लिने बताउँदै उनीहरुले समयमै उक्त विधेयक फिर्ता गर्न जोड दिए।

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद रामवीर मानान्धरले नेवार समुदायको पुर्खाले स्थापना गरेको गुठीलाई तहसनहस बनाउन ल्याएको गुठी विधेयक फिर्ता गर्नुपर्नेमा जोड दिँदै गुठीप्रथालाई सामन्तवाद भनी सम्बोधन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिनुपर्ने माग गरे।

रिपोर्टर्स क्लबमा आज आयोजित विशेष साक्षात्कारमा नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकामा कडा आपत्ति जनाए।प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले सरकारले गुठी विधेयक फिर्ता नलिएसम्म काङ्ग्रेसले संसद् चल्न नदिने बताए। कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने सांसद प्रधानको भनाइ थियो । 

साक्षात्कारमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टण्डनले गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको बताउँदै काठमाडौँ उपत्यकाका नेवार गुठीयारको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने विचार राखे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved