तराईका विद्यालय बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 12:03:45 PM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी बढेपछि प्रदेश नम्बर २ का विद्यालय बन्द भएका छन् । तापमान ४२ डिग्री सेल्सियसभन्दा बढी हुन थालेपछि महोत्तरी, बारा लगायतका जिल्लाका विद्यालय आइतबारबाट बन्द गरिएका छन् । धनुषाका विद्यालयहरु भने सोमबारबाट एक साताको लागि बन्द भएका छन् । 

केहि दिनदेखि एकाएक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएको भन्दै असार २ गते देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको धनुषाका इकाइ प्रमुख भरखुप्रसाद रजकले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved