८२ जना पाकेटमार पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 01:52:21 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट ८२ पाकटेमार पक्राउ परेका छन् । प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकका प्रहरी खटाइएको थियो । पहिलो पटक पाकेटमारी गर्नेलाई एक महिना जेल र विगो बराबरको जरिवाना हुने व्यवस्था छ । दोस्रो पटक पनि पुनः सोही कार्यमा संलग्न भए दुई महिना कैद र विगो बराबरको जरिवाना हुन्छ ।

पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved