घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य, अब कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 06:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ। सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।   

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम गरिएको छ भने डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ। घटेको मुल्य आजरातिदेखि नै लागू हुने जनाइएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved