बस दुर्घटनामा १ को मृत्यु, ४ को अवस्था अत्यन्तै गम्भीर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 08:15:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हेटौडामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना ५ ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौँडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको हेटौँडास्थित चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते २० मध्ये चारको अवस्था अत्यन्तै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved