यस्तो छ अचाक्ली गर्मी बढ्नको कारण, कहिले पर्छ पानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 09:24:31 AM मा प्रकाशित

laxmi  sunrise bank

गर्मी अझै ३ दिन निरन्तर बढ्ने भएको छ । देशका विभिन्न स्थानको तापमान अझै बढ्ने मौसमविद्ले बताएका छन् । समयमै मनसुन प्रवेश नगरेका कारण गर्मी कम हुने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

२ देखि ३ दिनभित्रमा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गर्ने र नेपालभरी फैलिन एक हप्ता लाग्ने उनले बताए । सोमबार र मंगलबार दिउँसोसम्म पानी पर्ने मात्रै नभई बादल लाग्ने समेत सम्भावना नरहेको तर भोली बेलुकाबाट भने केही सितल महशुस हुने पौडेलको भनाई छ । 

बङ्गालको खाडीबाट आएको वाष्पयुक्त वायु अहिले भुटानमा पुगिसकेको छ । 

यसवर्ष सबैभन्दा धेरै नेपालगञ्जमा तापक्रम मापन गरिएको छ । शुक्रबार नेपालगञ्जमा ४३.७ डिग्री सेल्सियस तापमान मापन गरिएको मौसम विभागले जनाएको छ । 

भारतको केरला राज्यमा ८ जुनबाट मनसुन सुरु भएको थियो । यसवर्षको मनसुन औसत अनुमानभन्दा १ हप्ता ढिलो सुरु भएको थियो । भारतमा सुरु भएको मनसुन नेपािलमा सामान्यतय १० दिनमा प्रवेश गर्ने गरेको भएपनि यसवर्ष भने अझै प्रवेश गरेको छैन । नेपालमा १७ जुनमा मनसुनले प्रवेश गर्ने अनुमान गरिए पनि मौसमविद्ले केही दिन ढिलो हुने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved