मान्छे पुग्नै नसक्ने ठाउँमा खस्यो जिप, ९ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 03:42:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बझाङमा भएको जिप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुर नजीकै रहेको डुङ्रीबाट मष्टागाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाउँमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तीन जनाको उद्धार गरिसके पनि जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न नसकेको उनले बताए । जीप भिरमा अड्किएको अवस्थामा रहेको बताइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved