प्रदेश ३ का दुग्ध उत्पादन कृषकले अनुदान पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2019 | 05:25:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले दुग्ध उत्पादक कृषकलाई अनुदान दिने भएको छ । सरकारले दुध उत्पादनलाई प्रबर्दन गर्ने उद्देश्यले प्रदेश भित्रका कृषकले उत्पादन गरेको दुधमा प्रति लिटर १ रुपैयाँको दरले अनुदान दिने भएको हो ।

आर्थिक बर्षको ७६/७७ को बजेट पेश गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कृषकलाई अनुदान दिने घोषणा गरेका हुन् । जस अनुसार प्रदेश सरकारले कृषकले दुध विक्रि गर्ने सहकारी संस्था सँग समन्वयमा सिधै कृषकको खातामा नै अनुदान वापतको रकम पठाउने छ । उक्त अनुदान कार्यविधि बनाएर आगामी आर्थिक वर्ष बाट लागु गर्ने मन्त्रालयका प्रवक्ता किशोर वर्तौलाले बताए । सरकारले यसको लागि १२ करोड रुपैयाँ बजेट विनीयोजन गरेको छ।

कृषि कर्जामा केन्द्र सरकारले दिएको ५ प्रतिशत ब्याज अनुदानलाई सदर गर्दै प्रदेश सरकारले प्रदेश भित्रका कृषकलाई थप १ प्रतिशत ब्याज अनुदान दिने घोषणा पनि गरेको छ ।

आइतबार ३ नंम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७८ अर्ब ६० करोडको बजेट विनीयोजन गरेको छ । जसमध्ये चालु खर्च तर्फ २४ अर्ब ४६ करोड, पूँजीगत तर्फ २२ र्ब ८३ करोर वित्तीय ब्यवस्था तर्फ ३० करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved