गुठी विधेयकबारे सरकारले ‘आवश्यक निर्णय’ लिने

रासस

रासस

Jun 17, 2019 | 09:31:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका छन। उनले आज काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट  प्रतिनिधिसभा र  राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा  नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गरेका हुन। 

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो अवसरमा  राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र  अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए।

जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र  यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताए। उनले विवादित गुठी विधेयकबारे मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका छन। 

उनले मंगलबारसम्ममा प्रधानमन्त्री ओलीले सो विषयमा आवश्यक निर्णय लिने जानकारी दिएको पनि बताए । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्के लगत्तै सो विधेयकमा कमी कमजोरी भए सच्याउने प्रतिवद्धता जनाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved