गुठी विधयेकबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 07:31:18 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्ने भएका छन् । मंगलबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्न भएका हुन् 

प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो साताब्यापी युरोप भ्रमणबारे सदनलाई जानकारी गराउने छन् । त्यस्तै उनले विवादित गुठी र मिडिया काउन्सिल विधयेकको बारेमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने छन् । 

गुठी विधयेकलाई लिएर अहिले आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीले स्वदेशी फर्किए लगत्तै यसमा चासो लिएका थिए । उनले सोमबार भुमि ब्यबस्था मन्त्री पद्मा अर्यालसंग छलफल गरेका थिए भने बेलुका काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग पनि छलफल गरेका थिए । छलफलमा अधिकांश जनप्रतिनिधिले विधयेक फिर्ता लिनु पर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले यिनै बिषयमा आधारित रहेर संसदलाई सम्बोधन गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved