कोशीपारीमा पानीको हाहाकार, एक गाग्रो पाउन ७ दिन कुर्नुपर्ने बाध्यता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 05:54:26 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वमा जलस्रोतको दोस्रो धनी देश हो नेपाल । जलस्रोतको अपार सम्भावना बोकेका्े देश हो भन्दा हामी गर्व गर्छौ । सरकारले समय समयमा हिमालको पानि खाडिलाई बेचेर आर्थिक समृद्धि हाँसिल गर्ने नारा पनि लगाइरहेको छ । सरकाले खाडीलाई पनि बेचेर आर्थिक समृद्धि हाँसिले गर्ने नारा लगाइरहँदा एक गाग्रो पानिको लागि ३ घण्टाको उकालो ओरालो हिड्नुपर्ने र एक हप्ता पालो कुुर्नुपर्ने बाध्यता रहेको छ भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविकता विकट कर्णालीका जिल्लाको नभएर राजधानीबाट करीब ८० कीलोमीटरको यात्रा पार गरेपछि पुगिने काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिकाको –कोलाती भुम्लुको हो । 

कोलाति भुम्लुका स्थानीयवासीले एक गाग्री पानीका लागि एक साता पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका बासिन्दाले एक गाग्रो खानेपानिको लागि ३ घण्टा उकालो ओरालो हिड्नु पर्ने बाध्यता रहेको छ । लामो समयको खडेरिले पानिको मुहान सुक्दा  एक गाग्री खानेपानीको लागि आकुलब्याकुल भएर चारैतिर भौतारिनु पर्ने अवस्था रहेको वडा अध्यक्ष भरत बहादुर शिवभक्ती बताउँछन् । 

काभ्रेपलान्चोक जिल्लाको पुर्बमा रहेको कोलातीभुम्लुमा करिब ३ सय घर बस्ती रहेको छ । लोपोन्मुख आदिबासी जनजाति पहरी, माझी, दलित समुदायको बस्ती रहेको उक्त गाउँमा दैनिक उपभोग गर्ने खानेपानीको पिरलोमा स्थानीयले रात विताउने गरेको उनीहरुको गुनासो छ । यसपटक प्रशस्त वर्षात हुन नसकेकाले आकाशेपानी सकिएपछि यहाँको समुदायमा पानीका लागि मुहानको खोजीमा दिनरात खर्चिन बाध्य हुनुपरेको हो । पानिको समस्या बढेपछि दिनरात पानीको मुहानमा बिताउनु परेको छ । ३ घण्टा उकालो ओरालो हिडेर सातामा एक गाग्री पानीले परिवारका लागि अपुग हुने भएपछि यहाँका स्थानीय तीन घण्टा लगाएर एक गाग्री पानी बोकेर ल्याउन बाध्य भएको स्थानीय युवा सुजन पहरी बताउँछन् । 

बिहान झिसमिसेमा ४ बजे पानी ल्याउनका लागि हिँडेका स्थानीय महिलाहरुलाई एक गाग्रो पनि लिएर आउँदा  ८ बजिसक्ने स्थानीयको भनाई छ । ‘पानीको मुहान रहेको क्षेत्रबाट पानी बोकेर फर्किँदा उकालो हिँड्नुपर्छ,’ सुजन पहरी भने,‘सम्ले खर्कपाखा नर्जापाखा बराल टोल दलित बस्ती लगायतका ठाउँमा खानेपानीको चरम अभाव छ ।’

खानेपानी पानीको चरम अभावको कारण बालबालिका नियमित विद्यालय जाने अवसरबाट बञ्चित हुनुपरेको शिक्षक राजु लामाले गुनासो गरे । खानेपानी समस्या वर्षौदेखि रहे पनि यहाँको खानेपानीको समस्या समाधानमा जनप्रतिनिधिहरुको उचित पहल चासो नपुग्दा खानेपानी समस्याले साच्चिकै बिकराल रुप लिएको छ । जसका कारण अहिले मानवीय सङकट उत्पन्न हुने खतरा सिर्जना भएको स्थानीय समाजसेवी क्रान्ति लामा बताउँछन् । 

बस्तीलाई लक्षित गरी खर्कपाखा सिम्ले नर्जापाखा दलित बस्ती र जनता माबिको लागि संयुक्त रुपमा खानेपानी बृहत लिफ्टिङ आयोजनाको काम सञ्चालनमा आएको भएपनि आयोजनाको काम निकै सुस्त गतिमा भएको स्थानीय गुनासो गर्छन् । जसले गर्दा जनताले खानेपानीका लागि निकै नै हैरानी भोग्न बाध्य भएको जनता माबि प्रधानध्यापक रोशण थपलियाले बताउछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved