माइतीघरमा बिशाल प्रदर्शनले ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 10:16:10 AM मा प्रकाशित

laxmi  sunrise bank

माइतीघर मण्डलामा गुठी विधयेकको बिरोधमा बिशाल प्रदर्शन भएको छ । सरकारले विधयेक फिर्ता लिएपनि खबरदारी गर्न भन्दै प्रदर्शन भएको हो । काठमाडौँको विभिन्न स्थानबाट र्याली गर्दै प्रदर्शनकारी हरु माइतीघर पुगेका थिए । 

बिरोधका कारण काठमाडौँ उपत्यका भरको ट्राफिक ब्यबस्था अस्तव्यस्त भएको छ । सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरीले त्यस क्षेत्रको सवारीसाधनलाई डाइभर्ट गरेको छ । डाइभर्जनपछि भित्री सडकमा चाप परेको छ ।  

कहाँ जाने सवारी कता डाइभर्ट ?

१.सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ पठाईएको छ । 
२.कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करीडोरको बाटो पठाईएको छ ।
३.त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटी तर्फ पठाईएको छ ।
४.नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमुल तर्फ पठाईएको छ ।
५.पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पदमोदयमोडबाट डाईभर्सन गरिएको छ ।
६.भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वर तर्फ पठाईएको छ ।
७.पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यु प्लाजाबाट अनामनगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved