कर्णाली दुर्घटना अपडेटः गोताखोर टोलीले थाल्यो खोजी कार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 01:39:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोली घटनास्थल पुगेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट गोताखोरको टोली पुगेको हो । 

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर दिउँसो हुम्ला पुगेको हो । सशस्त्र प्रहरी निरीक्षक लक्षमण वस्नेत नेतृत्वमाको दश जना गोताखोरको टोलीले खोजी शुरू गरेको छ ।

सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु हिडेको जीप कर्णाली नदीमा खसेको थियो । जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, चालक सिमकोट ८ बस्ने मणी शाही, खार्पुनाथ ४ का चन्द्र हमाल, नैन सिंह भण्डारी, वसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह, कौर दमाई र उनको नाम नखुलेका दुई वर्षीय छोरा र काठमाडौ थानकोटका राजु श्रेष्ठ वेपत्ता भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved