कर्मचारि आन्दोलनले भक्तपुर अस्पतालको सम्पुर्ण सेवा ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 06:07:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भक्तपुर अस्पतालको हिजोदेखि सम्पूर्ण सेवा ठप्प भएको छ । कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प भएको हो । 

अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको सबै सेवा, सुविधा कटौती गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । ३५ जना कर्मचारीहरु अस्पतालको प्राङ्गणमा कालो पट्टी बाँधेर एक हप्तादेखि धर्ना बसेका छन्। 

सरकारले अस्पताल विकास समिति खारेज गरेर मेसुलाई अधिकार दिएपछि देवकोटाले २०७५ साउन ६ गते अधिकारको दुरुपयोग गरी नियमविपरीत यसअघिका विकास समितिले गरेको सम्पूर्ण निर्णयसमेत खारेज गरेको र समितिले नियुक्ती गरेको कर्मचारीको नियुक्तीसमेत खारेज गरेको सूचना टाँस गरेको र आफुहरुले पटक पटक राखेको मागलाइ वेवास्ता गरेपछि आन्दोलनमा उत्रीयको आन्दोलनरत कर्मचारीहरूको सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताए।

अस्पतालमा विगत २२ वर्षदेखि कार्यरत कर्मचारीहरुलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ कर्मचारीलाई साउनदेखि नियुक्ती नवीकरण नगरेकोले उनीहरुको पुनर्बहालीको माग आन्दोलनरत पक्षको रहेको छ । 

करारमा रहेका कर्मचारीलाई निष्कासन गर्ने तर आफ्ना आफन्त सातजनालाई नर्स र फार्मेसीमा नियुक्ती गर्नुका साथै मेसु देवकोटोले रु १७ हजार ५०० तलबमा आफ्ना निजी भान्छे समेत नियुक्ती गरेको सङ्गठनका सचिव सुनिता श्रेष्ठले बताइन् ।

देवकोटाले प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयमा विकास समित ले करार, ठेक्काका कर्मचारीले अनधिकृतरूपमा सञ्चयकोष, महँगी भत्ता, बिदा र ग्रेड पाइरहेको भनी पत्राचार गरेपछि मन्त्रालयले त्यस्ता सुविधा रोक्न पत्राचार गरेको बताइन् ।













Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved