नेपाल छिर्यो मनसुन, देशभर फैलिन कति लाग्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 09:24:38 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी नेपालमा मनसुनी वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको जनाएको छ । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी १४.६ मिलिमिटर पानी परेको छ । 

गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन सुरु भएको मौसमविद्हरुले जनाएका छन् । गत वर्ष ८ जुनमै मनसुन शुरु भएको थियो ।

विभागले मनसुन सुरु भएको औपचारिक घोषणा भने गरेको छैन । आज बेलुका वा भोली बिहानसम्म औपचारिक जानकारी दिने विभागको तयारी छ ।मनसुन देशभरी फैलिन भने हप्ता दिन लाग्न सक्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार यो वर्ष धेरै पानी पर्ने सम्भावना छैन् । 

विभागले बिहीबार पूर्व र मध्य नेपालका केही स्थान तथा पश्चिममा हल्का वर्षा हुने अनुमान गरेको छ । बिहीबार राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved