आँपको मुल्य दुइ गुणा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 02:22:25 PM मा प्रकाशित

laxmi  sunrise bank

आँपको मूल्य दुइ गुणा वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायतका क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि मुल्य बढेको  हो ।

फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए पनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएको थियो ।  उत्पादनमा कमी भएको कारण अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । 

गयको वर्ष यतिबेला काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो तर अहिले काँचो आँपको  मूल्य प्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए ।

उदयपुरको १५० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved