कोमल वलीले भनिन्,‘पशुपति क्षेत्रमा गाँजा खान पाउनुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 03:06:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजा खान पाउनुपर्ने माग गरेकी छिन् । बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राखेकी हुन् । 

‘विश्वका अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ?’ उनले प्रश्न गर्दै भनिन, ‘पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न ।’ 

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र गाँजा चरेस प्रतिबन्द गरिएको बताए । पशुपति क्षेत्रको वन क्रिडास्थल बनेको भन्दै सांसदले चासो प्रकट गरेका थिए । वनमा युवायुवतीको डेटिङ स्पट र दुव्यर्सनीको अखडा बनेको उनीहरुले बताए। 

सदस्य सचिव डा. ढकालले पहिले र अहिलेको परिस्थिति फरक रहेको बताए । उनले वन क्षेत्रमा दिनहुँ २ पटक गस्ती टोली पठाउने गरेको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved