सिरियालाइ चीनको सयवटा बस उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 05:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले द्वन्द्वग्रस्त मध्यपूर्वी मुलुक सिरियालाई १०० वटा बस उपहार दिएको छ । बिहीबार सिरियास्थित चिनियाँ राजदूताबासले एक विज्ञप्ति जारी गर्दै सिरियाली शहरी क्षेत्रको यातायात समस्या सुधार गर्नका लागि बस उपहार दिएको जनाएको छ ।

आठ बर्ष लामो युद्धबाट देशका धेरै भौतिक संरचनामाथि क्षति व्यहोरेको सिरियाको घाउमा मलम लगाउने यस्ता कार्यहरु भइरहने बिज्ञप्तिमा बताइएको छ । सफा चउरमा लस्करै राखिएका हरिया बसहरूको साँचो सिरियाका लागि चिनियाँ राजदूत फेङ विआओले सिरियाली स्थानीय प्रशासन तथा वातावरण मन्त्री हुसेन माखलोफलाई हस्तान्तरण गरेका छन् ।

सहयोगपछि चीन सरकारलाई धन्यवाद दिँदै माखलोफले भने “चीनले सार्वजनिक यातायात सुधारका लागि दिएको मूल्यवान उपहारलाई सही प्रयोग गर्दै शहरी यातायातमा देखिँदै आएका समस्यालाई व्यवस्थित गर्न दमास्कसको पहल रहने र आगामी दिनमा चीनको तर्फबाट सिरियाको पुनः निर्माणका लागि थप सहयोग हुनेछ ।”


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved