देशभर फैलियो मनसुन, कहिलेसम्म हुन्छ वर्षा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 11:32:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मनसुन पश्चिमतर्फ विस्तार हुने क्रममा आज सुदुरपश्चिम सम्मै फैलेको छ । असार ५ गते देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन क्रमश मध्य भू–भाग हुँदै फैलने क्रममा आइतबार बिहानैदेखी पश्चिम नेपालमा वर्षा भईरहेको छ ।

गत वर्षहरुभन्दा १० दिन ढिलो सुरु भएको मनसुन नेपालमा सामान्यतय चार महिना रहन्छ । जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । 

यसरी SASCOF-14 मा आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को  केही पश्चिमी  भू–भागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकि प्रदेशहरु गण्डकी, कर्णाली र सुदुरपश्चिममा औसत वर्षा हुने अनुमान गरिएको छ । 

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मनिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved