नापी कार्यालयका दुई अधिकारि घुससहित पक्राउ, कैद सजायको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 03:59:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ लाख रुपैयाँ घुस लिने तीन जना बिरुद्द बिशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ। नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई सेवाग्राहीसँग पैसा लिएको पुष्टि भएको हुँदा उनीहरुबिरुद्द मुद्दा दायर गरिएको आयोगले जनाएको छ। 

जग्गा हालसाविक गर्ने कार्यमा नापी कार्यालय, साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र मालपोत कार्यालय साँखुका नायव सुब्बा महेश काफ्लेले मध्यस्थकर्ता बिष्णु कुमार केसीलाई कुराकानी गर्न लगाई घुस मागेको पुष्टि भएको आयोगले जनाएको छ। 

भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टी हुन आएकोले उनीहरुलाई बिगो डेढ लाख कायम गरि भ्रष्टाचार निवारण एन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र जरिवाना हुन माग गर्दै आयोगले मुद्दा दायर गरेको छ। 

त्यस्तै मध्यस्तकर्ता केसीले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा उनलाई पनि बिगो डेढ लाख कायम गरि ऐनको दफा २२ को आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved