अन्तत: संसद बाटै फिर्ता भयो गुठी विधयेक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 01:56:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गुठि विधयेक फिर्ता लिएको छ । राष्ट्रिय सभामा दर्ता भएको विधयेक सरकारले मंगलबार फिर्ता लिएको हो । 


आज बसेको राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विधेयक फिर्ता लिने प्रस्ताव पेश गरेकी थिइन्। राष्ट्रियसभामा विधेयक फिर्ता लिने मन्त्री अर्यालकाे प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हाे। 

विधेयकले संस्कृति तथा सम्पदामाथि प्रहार गरेकाे, गुठी मास्ने खतरा बढाएकाे भन्दै काठमाडाैं उपत्यकासहित देशभर विराेध प्रदर्शन भएकाे थियाे। देश भर बिरोध भएपछि सरकारले असार ३ गते नै विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

आन्दोलनरत पक्षले भने विधयेक फिर्ता गरेर मात्र नहुने भन्दै खारेजीको माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved