काठमाडौँमा अचाक्ली गर्मी हुँदा यी स्थानमा मेघ गर्जनसहित वर्षात्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 02:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुली सहितका जिल्लाहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सिन्धुलीसहित महोत्तरी, धनुषा, सिराहा, उदयपुर, सप्तरी, रौतहट, सर्लाही, पर्सा र आसपासका स्थानहरुमा मध्यम वर्षा र मेघ गर्जन भईरहेको महाशाखाले जनाएको छ ।

यी बाहेक एक दुइ स्थानमा भारी वर्षा गराउने बादलको विकास भईरहेको महाशाखाको भनाई छ । यो प्रणाली क्रमशः पश्चिमतिर सरिरहेको मौसमविद्को भनाई छ । त्यस्तै घना बादल कैलालि र कंचनपुरमा पनि देखिएको छ ।

अन्य स्थानको मौसम बदली हुने भनिहँदा काठमाडौँ उपत्यकामा भने अन्य दिनको तुलनामा आज अचाक्ली गर्मी महशुस भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved