बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाकी उपप्रमुख बेहोस भएकी छन् । उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल लगिएको छ ।
सूर्योदय नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा लगिएको हो । उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।