प्रहरीको गाडी दुर्घटना हुँदा थुनुवाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 05:29:43 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरी गाडी दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिकाका ४० वर्षीय रमेश कुमार चौधरी र रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका २६ वर्षीय मुकेश भन्ने निर्मल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइतेहरुको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पताल प्रहरी विटका प्रहरी जवान खुसी कुमार चौधरीले जानकारी दिए । मृतक थुनुवाहरुको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको चौधरीले बताए । 

मंगलबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट जिल्ला प्रहरी कार्यालय गौर जानेक्रम बालचनपुर भन्ने स्थानमा गाडी अनियन्त्रित भई दुर्घटना भएको थियोे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved