बुधबार यी स्थानमा भारी वर्षाको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 11:29:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । देशका अधिकांश भुभागहरुमा सामान्य बदलि  भइ देशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ मौसम विभागले जनाएको छ । 

राति देशैभरि आंशिक देखि सामान्य बदलि भइ देशका पुर्व र मध्यका केहि स्थान र पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

विभागले देशको मध्य र पूर्वी तराईका भूभागहरुमा मेघ गर्जन गराउने घना बादल विकास भइ केहि स्थानहरुमा मेघ गर्जन भइरहेको जनाएको छ । यो मौसमी प्रणाली उत्तर पश्चिमतिर सर्ने क्रममा रहेको छ ।

आज पूर्वमा झापा, मोरङ, सुनसरी लगायत प्रदेश नम्बर २ को चुरे र तराईबाट बहने साना नदी जलाधारहरूको केही स्थानमा क्षणिक मध्यम देखि भारी बर्षा हुन सक्ने भएकाले स–साना खोलाहरूमा वहाव आकस्मिक बढ्न सक्ने अनुमान गरिएको छ । नदी तटीय क्षेत्रमा सतर्क रहन विभागले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved