८१ हजारमा २५ वटा कम्पुटर, १२ हजार मै ५३ थान फर्निचर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 11:50:16 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखापत्र संस्थानले आफुसंग भएका पुराना सामानहरु लिलाम गर्नको लागि बोलपत्र आह्वान गरेको छ  । संस्थानले फर्निचर , कम्पुटर लगायतका सामानहरु जे जस्तो अवस्थामा छन्, सोहि अनुसार खरिद गर्नको लागि बोलपत्र आह्वान गरेको हो  

संस्थानले १५ दिन भित्र आफुले खरिद गर्न चाहेको मूल्य सहित शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो  । कसैले यी सामान हेर्न चाहेमा संस्थानको कार्यालयमा रहेको भण्डार शाखामा सम्पर्क गर्न समेत आग्रह गरेको छ  

संस्थानले ५३ थान फर्निचरको मूल्य न्युनतम भ्याट बाहेक १२ हजार २० रुपैयाँ कायम गरेको छ  । त्यस्तै २५ थान कम्प्युटर, ३ थान लेजर प्रिन्टर, युपीएस ४ थान सहितका सामानको न्युनतम मूल्य भ्याट बाहेक ८१ हजर ३ सय १५ रुपैयाँ तोकेको छ  

त्यस्तै विभिन्न १६ थान समानको न्युनतम मूल्य भ्याट बाहेक ६ सय ९२ रहेको छ  । ३ सयमा शिलबन्दी बोलपत्र फारम खरिद गरी १० हजार धरौटी राखेर बोलपत्र पेश गर्न संस्थानले आग्रह गरेको छ  

यस्ता छन् लिलामीका समानहरु: 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved