ट्राफिक प्रहरीले गृह मन्त्रालयका सहसचिवको गाडी ‘लक’ गरिदिएपछि.......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 12:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक प्रहरीले गृह मन्त्रालयका सह–सचिवकै गाडीमा लक लगाईदिएका छन् । महानगरीय महाशाखाबाट खटिएका प्रहरी जवानले सह–सचिव एवम् गृहका प्रवक्ता रामकृष्ण सुवेदीको गाडीमा लक लगाएका हुन् । 

सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेको अवस्थामा सरकारी नम्बर प्लेटको गाडीमा लक लगाइएको हो । प्रहरीका अनुसार पार्किङ गर्न निषेध ठाउँमा बा २ झ ४३८८ नम्बरको गाडी राखेर सुवेदी खाना खान गएका थिए । प्रत्यक्षदर्शीले भने लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई गाली गरेका थिए । धम्की दिएपनि उनले एक हजारको चिट भने काटेको छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved